News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएल २०२५ का लागि स्कटल्यान्डका स्पीन बलिङ अलराउन्डर मार्क वाटलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ।
- मार्क वाटले स्कटल्यान्डका लागि ७७ टी-२०आई खेलमा ८९ विकेट र २९४ रन बनाएका छन् भने समग्र टी-२०मा ११७ खेलमा ११४ विकेट र ३६८ रन बनाएका छन्।
- एनपीएल २०२५ मंसिर १ देखि २७ सम्म आयोजना हुँदैछ।
५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल २०२५ का लागि कर्णाली याक्सले पहिलो विदेशी खेलाडी घोषणा गरेको छ ।
कर्णालीले सामाजिक सञ्जालमार्फत स्कटल्यान्डका अनुभवी स्पीन बलिङ अलराउन्डर मार्क वाटलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
२९ वर्षीय वाटले स्कटल्यान्डका लागि समग्र टी-२०आईमा ७७ खेलमा ८९ विकेट लिएका छन् । २९४ रन पनि बनाएका छन् ।
समग्र टी-२०मा ११७ खेलमा ११४ विकेट लिएका छन् ।३६८ रन बनाएका छन् ।
एनपीएल २०२५ मंसिर १ देखि २७ सम्म हुँदैछ ।
प्रतिक्रिया 4