News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले ओडिआई क्रिकेटमा दोस्रो शतक बनाएका छन्।
- उनले विश्वकप लिग टु मा युएई विरुद्ध शतक प्रहार गर्दै नेपालका लागि दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
- यसअघि उनले पपुवा न्यु गिनी विरुद्ध सन् २०२२ मा ओडिआईमा पहिलो शतक प्रहार गरेका थिए।
१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले ओडिआई क्रिकेटमा दोस्रो शतक बनाएका छन् ।
उनले विश्वकप लिग टु मा युएई विरुद्ध शतक प्रहार गर्दै नेपालका लागि ओडिआईमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन् ।
यसअघि उनले पपुवा न्यु गिनी विरुद्ध सन् २०२२ मा ओडिआईमा पहिलो शतक प्रहार गरेका थिए । यस्तै कप्तानको रुपमा रोहितले पहिलो शतक प्रहार गरेका हुन् ।
पपुवा न्यु गिनी विरुद्ध रोहितले शतक हान्दा नेपालको कप्तान सन्दिप लामिछाने थिए । पपुवा न्यु गिनी विरुद्ध रोहितले बनाएको १२६ रन ओडिआईमा नेपालको लागि व्यक्तिगत उच्च स्कोर समेत हो ।
युएई विरुद्ध रोहितको शतक नेपालले ओडिआ२मा प्रहार गरेको समग्रमा नवौँ शतक हो । अहिलेसम्म रोहितसहित ८ खेलाडीले नेपालका लागि ओडिआईमा शतक प्रहार गरेका थिए ।
प्रतिक्रिया 4