News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाका मिलिन्द कुमार र साइतेजा मुक्कमल्लाले एसोसियट क्रिकेटमा कीर्तिमानी दोहोरो शतकीय साझेदारी २६४ रन बनाए।
 - यो साझेदारी चौथो विकेटका लागि ओडिआईमा दोस्रो सर्वाधिक र एसोसियट क्रिकेटमै सबैभन्दा ठूलो हो।
 - मिलिन्द १२३ रन र साइतेजा १३७ रनमा नटआउट रहेर अमेरिकाले यूएईलाई २९३ रनको लक्ष्य दिएको छ।
 
१७ कात्तिक, काठमाडौं । अमेरिकाका मिडल अर्डर ब्याटर मिलिन्द कुमार र साइतेजा मुक्कमल्लाले एसोसियट क्रिकेटकै कीर्तिमानी दोहोरो शतकीय साझेदारी बनाएका छन् ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत सोमबार भइरहेको यूएईसँगको खेलमा दुवै खेलाडीले शतक बनाउँदै कीर्तिमानी साझेदारी गरेका हुन् । यो साझेदारी एसोसियट क्रिकेटमै कीर्तिमान हो भने चौथो विकेटका लागि समग्र ओडिआईमै दोस्रो सर्वाधिक हो ।
२८ रनमा ३ विकेट गुमेको अवस्थाबाट यी दुई मिलेर चौथो विकेटका लागि २६४ रनको अविजित साझेदारी गरे । मिलिन्द कुमार १२३ रन तथा साइतेजा १३७ रनमा नटआउट रहे ।
एसोसियट क्रिकेटमा यसअघि जर्सीका असा ट्राइब र जोश लरेनसनबीच २३२ रनको साझेदारी सबैभन्दा उच्च थियो । उक्त कीर्तिमान तोड्दै मिलिन्द र साइतेजाले नयाँ कीर्तिमान बनाएका हुन् ।
अमेरिकाले ५० ओभरमा ३ विकेट गुमाएर २९२ रन बनाउँदै यूएईलाई २९३ रनको लक्ष्य दिएको छ ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4