+

स्वस्तिका र शिभाली मिस्टिक माउन्टेन टेनिसको सेमिफाइनलमा

२०८२ कात्तिक  १९ गते २१:२९ २०८२ कात्तिक १९ गते २१:२९
स्वस्तिका र शिभाली मिस्टिक माउन्टेन टेनिसको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्स सेमिफाइनलमा प्रवेश गरेका छन्।
  • पुरुष सिंगल्समा प्रदीप खड्का, आयुशमान हजुर घले, छेवाङ लामा लगायतले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।
  • यु-८ देखि यु-१६ वर्गसम्मका विभिन्न खेलाडीहरूले होटल मिस्टिक माउन्टेन टेनिस प्रतियोगितामा जित हात पारेका छन्।

१९ कात्तिक, काठमाडौं । स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६–० र ६–० तथा शिभालीले साल्भी शेरचनलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे ।

पुरुष सिंगल्समा प्रदीप खड्काले देवाशिष रेउलेलाई ६–० र ६–१, आयुशमान हजुर घलेलाई ६–२ र ६–१, छेवाङ लामाले निश्चल कायश्थलाई ७–५ र ६–४, राजवीर प्रधानले सर्वेश खनाललाई ६–० र ६–१, प्रणव मानन्धरले विपुल अधिकारीलाई ६–० र ६–२, सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६–४ र ६–४, निशान श्रेष्ठले असभसम्राट हाडालाई ६–० र ६–० तथा निहालजंग बहादुर थापाले सन्तोष खत्रीलाई ६–४ र ६–३ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको यु–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठले विविध भट्टचनलाई १०–६, ८–१० र १०–४ तथा सर्वज्ञजंग खत्रीले सत्विक मल्होत्रालाई १०–६ र १०–६ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।

सो स्पर्धाको गर्ल्समा स्वर्णिमा श्रेष्ठले बेनाफ्सा महर्जनलाई १०–६ र १०–४ तथा भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०–८ र १०–८ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।

यु–९ गर्ल्स सिंगल्समा निम्ति कुँवर, अमिरा गुप्ता, सहारा कायश्थ र हीरादेवी ऐडीले जित हात पारे । त्यसै स्पर्धाको ब्वाइजमा सर्वज्ञजंग खत्री विजयी भए ।

यु–१० ब्वाइज सिंगल्समा सोनाम घले, आहान भट्टराई, कायान चालिसे र भिरल अग्रवालले सफलता पाए ।

यु–१२ ब्वाइज सिंगल्समा आरित मल्ल, निधाये राणा, अभिषेक बलयल्कोटी, वेदान्त चालिसे, सभ्यजंग कार्की, सुजन कुइकेल, अर्याशराज पौडेल र विश्वविशेष डल्लाकोटी सफल भए । उक्त स्पर्धाको गल्र्समा स्वराह थापा, अनुश्री ध्वजु, सरा पन्त र नाइरा घलेले जित हात पारे ।

यु–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र विक, असभसम्राट हाडा, साङ्गे रोकाया र दर्शिल श्रेष्ठ विजयी भए ।

मिस्टिक माउन्टेन टेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय