News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले हङकङ सिक्सेस क्रिकेटको पहिलो खेलमा अफगानिस्तानसँग शुक्रबार मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा पौने ९ बजेदेखि खेल्नेछ।
- नेपालले शरद भेषावकरको कप्तानीमा हङकङ सिक्सेस खेल्दै छ र प्रतियोगितापछि उनी सन्यास लिनेछन्।
- प्रतियोगितामा १२ टोली चार समूहमा विभाजन गरिएको छ, नेपाल पोल 'ए' मा दक्षिण अफ्रिका र अफगानिस्तानसँग छ।
२० कात्तिक, काठमाडौं । हङकङमा शुक्रबारदेखि सुरु हुने हङकङ सिक्सेस क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानसँग खेल्दैछ ।
खेल मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा शुक्रबार विहान पौने ९ बजेदेखि सुरु हुनेछ ।
यसपटक नेपालले भेट्रान क्रिकेटर शरद भेषावकरको कप्तानीमा हङकङ सिक्सेस खेल्दै छ । प्रतियोगितापछि उनले सन्यास पनि लिँदै छन् ।
प्रतियोगिता नोभेम्बर ९ सम्म आयोजना हुनेछ । सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल पोल ‘ए’मा परेको छ । यस पोलमा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान सामेल छन् ।
पोल ‘बी’मा अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र यूएई छन् भने पोल ‘सी’मा भारत, पाकिस्तान र कुवेत तथा पोल ‘डी’मा श्रीलंका, बंगलादेश र हङकङ सामेल छन् ।
यस प्रतियोगिताको हरेक खेल ६-६ ओभरको हुनेछ भने एक टिममा ६ खेलाडी खेल्न पाउनेछन् । एक इनिङमा चार खेलाडीले बढीमा १ ओभर बलिङ गर्न पाउनेछन् भने एक खेलाडीले २ ओभर बलिङ गर्न पाउँछन्।
सन् १९९३ देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक सन् २०२४ मा आयोजना भएको थियो जहाँ श्रीलंकाले उपाधि जितेको थियो ।
गत संस्करणमा पहिलोपटक सहभागिता जनाएको नेपाल क्वाटरफाइनलसम्म पुगेर श्रीलंकासँग पराजित भएको थियो ।
नेपालको टोली : शरद भेषावकर (कप्तान),सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान
प्रतिक्रिया 4