२५ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल ‘उज्यालो नेपाल पार्टी’ नामक दलले निर्वाचन आयोगमा पार्टी विधान र केन्द्रीय कमिटीको सूची बुझाएको छ । पार्टी निर्माण प्रक्रियामा अग्रपंक्तिमा रहेर काम गरेका जितराम लामाका अनुसार, केन्द्रीय कमिटीमा रहने ५१ जना सदस्यहरूको नाम आयोगमा बुझाइएको हो ।
उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेको थियो । त्यसकारण आज केन्द्रीय कमिटी र विधान थप गर्नका लागि आयोगमा निवेदन दिइएको हो ।
कुलमान निकटहरुका अनुसार उनले आफ्ना बिश्वासपात्रहरुलाई जेनजी आन्दोलन अगाडी नै उज्यालो नेपाल पार्टीको नाम र चुनाव चिन्ह दर्ता गर्न लगाएका थिए ।
जेनजी आन्दोलनपछि बैकल्पिक शक्तिहरु एकजुट हुने भन्दै रास्वपासँग सम्बाद सुरु भएपछि भने उनले फेसबुकमा स्टाटस लेखेरै उज्यालो नेपाल पार्टीसँग आफ्नो कुनै संलग्नता नरहेको भन्दै त्यस्ता खवरलाई असत्य र तथ्यहीन भएको आरोप लगाएका थिए ।
कात्तिक ६ उज्यालो नेपासँग कुनै संलग्नता नरहेको बताएका कुलमानले त्यसको ठिक २० दिनपछि सोही पार्टीलाई अघि बढाएका छन् ।
केन्द्रीय कमिटीमा विवेकशील साझा पार्टी छाडेकादेखि पहिचानवादी नेताहरू समेत सम्मिलित छन् । लामाका अनुसार बालेनको प्रतिनिधित्व गर्दै केही व्यक्तिहरू पनि केन्द्रीय कमिटीमा पठाइएको छ ।
‘बालेनको प्रतिनिधित्व गर्दै केही व्यक्तिहरू केन्द्रीय कमिटीमा पठाइएको छ,’ लामाले भने । यद्यपि बालेनका प्रतिनिधि को को हुन् भन्नेबारे उनले खुलाएनन् ।
सार्वजनिक सूची अनुसार, पार्टीको अध्यक्षमा ई. अनुपकुमार उपाध्याय (कैलाली) लाई प्रस्ताव गरिएको छ । अध्यक्षबाहेक अन्य ५० जना सदस्य प्रस्तावित गरिएको छ ।
केन्द्रीय कमिटी सूचीमा डा. अभिषेकराज सिंह, रिमा विश्वकर्मा, टासी ल्हान्जोम, डा. विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत, ई. दिपेन्द्र जम्मकट्टेल, ज्ञानेन्द्र कुमार तामाङ, डकेन्द्र सिं थेगिम, जितराम लामा, अरविन्द शाह, निर्देश सिलवाल लगायत छन् ।
सूचीमा रहेका थेगिम इलाममा भएको पछिल्लो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । पहिचानवादी नेता रहेका उनी मुढा चुनावचिन्ह लिएर निर्वाचनमा सहभागी भएका थिए । उनले इलाम उपनिर्वाचनमा लोभलाग्दो मत पाएका थिए ।
निर्देश सिलवाल विवेकशील साझा पार्टीमा आबद्ध थिए । उनले पछि पार्टी छाडेका थिए ।
डा. अभिषेकराज सिंह डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको अभियानमा रहेका व्यक्ति हुन् । उनले नेपाल किक्रेट संघका खेलाडीको चिकित्सकका रुपमा काम गरेका थिए ।
डा. सागर ढकाल वातावरणविद् हुन् । उनी वातावरण विषयमा प्राध्यापन समेत गर्छन् । महेन्द्रसुन्दर लावती पहिचानवादी मोर्चामा सक्रिय व्यक्ति हुन् । पहिचानवादी आन्दोलनका क्रममा उनी अग्रभागमा खटिएका थिए ।
जितराम लामा पूर्व एमाले हुन् । उनी काभ्रेको चौरीदेउराली गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनका बेला अध्यक्षको उम्मेदवार पनि बनेका थिए ।
उनी उज्यालो नेपाल अभियानमा सुरुदेखि नै जोडिएका व्यक्ति हुन् ।
यी हुन् अन्य सदस्यहरू:
प्रतिक्रिया 4