+
+
Shares

ग्लोबल आईएमई बैंकको ८ प्रतिशत लाभांश स्वीकृत

बैंकले आव २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकको १९औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट ८ प्रतिशत नगद लाभांश सर्वसम्मतिबाट स्वीकृत गरेको छ।
  • बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा र ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो।
  • ग्लोबल आईएमई बैंकले देशका ७७ जिल्लामा ३ सय ५२ शाखा कार्यालय, ३ सय ८४ एटीएम र १५० शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ।

२६ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले चुँक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ ।

बैंकको १९औं वार्षिक साधारणसभाका अवसरमा बुधबार आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको उक्त नगद लाभांश स्वीकृत गरेको हो ।

सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले आव २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।

साधारणसभामा अध्यक्ष ढकालले सरकार र नेपाल राष्ट्र बैंकका नीति, नियम पूर्ण परिपालना गर्दै सेयरधनीलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरू सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे ।

साधारणसभामा राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रतिनिधि, सेयरधनी, संस्थागत सेयरधनीका प्रतिनिधि, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधि, कर्मचारी समेत उपस्थित थिए ।

ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल’ २०२४ र २०२५, ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’, ‘बेस्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ ।

ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३ सय ५२ शाखा कार्यालय, ३ सय ८४ एटीएम, १ सय ५० शाखारहित बैंकिङ, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजारभन्दा बढी केन्द्रमार्फत सेवा दिँदै आएको छ । बैंकले रेमिट्यान्स सेवामार्फत नेपालीलाई विश्वभरिबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।

अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?