+
+
WC Series
पोखरा एभेन्जर्स 2025
112/4 (14.5)
VS
३१ बलमा ५४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कटारी–घुर्मी सडक स्तरोन्नतिको माग गर्दै कुलमानलाई ज्ञापनपत्र

उनीहरूले जीर्ण अवस्थामा रहेको सडक तत्काल सुधार गर्न माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १७:३२

१ मंसिर, काठमाडौं । सिद्धिचरण राजमार्गकोको कटारी–घुर्मी सडकखण्ड तत्काल स्तरोन्नतिको माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाइएको छ ।

कटारीका स्थानीय युवाहरूको समूहले आइतबार सिंहदरबारमा मन्त्री कुलमान घिसिङ समक्ष ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले जीर्ण अवस्थामा रहेको सडक तत्काल सुधार गर्न माग गरेका छन् ।

वर्षौंदेखि धुलाम्य र हिलाम्मे अवस्थाका कारण सवारीसाधन सञ्चालनदेखि दैनिक जीवनसम्म प्रभावित बन्दै आएको उक्त सडक अहिले ठाउँ–ठाउँमा खाल्डाखुल्डीले भरिएको छ । धुलो–धुवाँका कारण स्वास्थ्यमा समेत समस्या देखिन थालेको स्थानीय गुनासो गर्दै आएका छन् ।

जीर्ण सडकका कारण दुर्घटना हुने गरेको र मान्छेको ज्यानसम्म जाने गरेको स्थानीयको गुनासो छ ।  चुनावका बेला नेताहरूले सडक स्तरोन्नति गर्ने आश्वासन दिए पनि बाचा पूरा नभएको भन्दै स्थानीय युवाहरूले मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सडक संघर्ष समितिका संयोजक लीलबहादुर खत्रीका अनुसार मन्त्री घिसिङले सडक निर्माणका लागि एक महिनाभित्र ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘केही दिनअघि हामीले दबाब दिन सडक बन्द समेत गरेका थियौं । अहिले मन्त्रीज्यूबाट आएको प्रतिबद्धतापछि अब सडक निर्माण अघि बढ्ने विश्वास गरेका छौं,’ संयोजक खत्रीले भने ।

कटारी–घुर्मी सडक तराईसँग ओखलढुंगा, खोटाङ, सोलुखुम्बुजस्ता पहाडी जिल्ला जोड्ने महत्वपूर्ण पूर्वाधार हो । सडक जीर्ण हुँदा पहाडी जिल्लाका सर्वसाधारणलाई प्रदेश राजधानी विराटनगर पुग्न सकस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?