News Summary
Generated by OK AI. Editorially reviewed.- चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गर्ल्सले उपाधि जितेका छन्।
- सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३-४५ ले पराजित गरेको थियो भने जुनियर ब्वाइजमा ग्रिनफिल्डले राराहिललाई २८-२५ ले हरायो।
- गर्ल्सको थ्री बाइ थ्रीमा स्वर्णिमले पुष्पसदनलाई १०-३ ले हराएको थियो र प्रतियोगितामा ५१ टिमले प्रतिस्पर्धा गरेका थिए।
१ मंसिर, काठमाडौं । आयोजक पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।
पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गर्ल्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने ।
कीर्तिपुरस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३-४५ ले सहजै पराजित गर्यो । पुष्पसदनका सम्राट लामाले १९ स्कोर गरे ।
जुनियर ब्वाइजको फाइनलमा ग्रिनफिल्डले राराहिललाई २८-२५ ले हरायो । ग्रिनफिल्डका लागि सोहन नेवाले १० अंक जोडे ।
यसैगरी गर्ल्सको थ्री बाइ थ्री मा स्वर्णिमले पुष्पसदनलाई १०–३ ले हरायो । स्वर्णिमकी हिसी ल्हामु लामाले ५ अंक जोडिन् ।
सिनियर ब्वाइजमा पुष्पसदनका सुशान सोजु श्रेष्ठ, जुनियर ब्वाइजमा ग्रिनफिल्डका किस्मत ढकाल र सिनियर गर्ल्समा हिसी ल्हामु लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
सिनियर ब्वाइजमा मेगसका सिमोन सिजाली, जुनियर ब्वाइजमा पुष्पसदनका विनम्र थापा मगर र सिनियर गर्ल्समा निःसर्ग वाटिकाकी इशाना श्रेष्ठ उदीयमान खेलाडी घोषित भए ।
सिनियर ब्वाइजमा युनाइटेड युनिभर्सल, जुनियर ब्वाइजमा बाघभैरव र सिनियर गर्लसमा कुलेश्वरले फेयर प्ले टिमको उपाधि हात पारे ।
विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, कीर्तिपुर नगरपालिका वडा ९ का अध्यक्ष दिनेश श्रेष्ठ, पुष्पसदनका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, प्रिन्सिपल मनीषा श्रेष्ठ र भाइस प्रिन्सिपल निमा लामा, पुष्पसदनका पूर्व विद्यार्थी राष्ट्रिय पुरुष बास्केटबल टोलीका निश्चल महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कात्तिक २२ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गर्ल्समा २५ टिमले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4