News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा सातौं स्थानमा झरेका छन्।
- आईसीसीले मंगलबारसम्मको अपडेट अनुसार दीपेन्द्रको रेटिङ अंक २०२ यथावत् रहेको छ।
- पाकिस्तानका सायम अयुब अलराउण्डर वरियताको शीर्ष स्थानमा छन् भने कुशल भुर्तेल २५औं स्थानमा यथावत् छन्।
३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा सातौं स्थानमा झरेका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र सातौंमा झरेका हुन् ।
नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्र खस्किएका हुन् ।
यद्यपी दीपेन्द्रको रेटिङ अंक भने यथावत् छ । उनको २०२ अंक रेटिङ छ ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज र चौथोमा अफगानिस्तानका मोहम्मद नाबी यथावत् छन् ।
वेस्ट इन्डिजका रोमारियो शेपहर्ड पाँचौंमा उक्लँदा भारतका हार्दिक पान्ड्या छैटौंमा झरेका छन् ।
कुशल भुर्तेल अलराउन्डर वरीयतामा २५औं स्थानमा यथावत् छन् ।

प्रतिक्रिया 4