३ मंसिर, काठमाडौ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
भोलि बिहीबार दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । गौतमका अनुसार यो सचिवालय बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ ।
‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनुपर्नेछ, अरू तयारीका निर्णय पनि हुनेछ,’ उनले भने ।
जेनजी आन्दोलनका क्रममा जलेको कार्यालय मर्मतपछि पहिलोपटक सचिवालय बैठक च्यासलमा बस्न लागेको हो । च्यासल अहिले आंशिक सञ्चालनमा आएको छ ।
‘संगठन विभाग र संसदीय दलको बैठक बसिसकेको छ । तर पार्टी सचिवालयको बैठक भने पहिलोपटक बस्न लागेको हो,’ गौतमले भने ।
प्रतिक्रिया 4