Photo Credit : बाराको सिमरा चोकमा जेनजी युवा टायर बालेर प्रदर्शन गरिरहेका छन् । तस्वीर: सुनील गाउँले ।
News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको सिमरामा नेकपा एमाले नेता–कार्यकर्ता र जेनजी युवाबीच विवादपछि दोस्रो दिन प्रदर्शन भइरहेको छ।
- जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश जारी गरेको थियो।
- जेनजी युवाले बिहीबार बिहान १० बजे सिमरा चोकमा टायर बालेर पक्राउको माग गर्दै प्रदर्शन गरेका छन्।
४ मंसिर, काठमाडौं । बाराको सिमरामा आज पनि प्रदर्शन भइरहेको छ ।
नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ ।
तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश नै जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त बनेको थियो ।
आज बिहीबार बिहान १० बजेबाट जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4