+

विश्व कराते च्याम्पियनसिपमा जाने खेलाडीको बिदाइ

२०८२ मंसिर  ५ गते १७:५७ २०८२ मंसिर ५ गते १७:५७

नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने छन्।

विश्व कराते च्याम्पियनसिपमा जाने खेलाडीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कराते टोली सिनियर विश्व कराँते च्याम्पियनसिपको २७औं संस्करणमा सहभागी हुन ५ मंसिरमा इजिप्टको काइरो जाने भएको छ।
  • प्रतियोगिता नोभेम्बर २७ देखि ३० सम्म हुनेछ र २ महिला खेलाडी एरिका गुरुङ र सानुमाया थिङले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिदै शुक्रबार बिदाइ कार्यक्रम गरेका छन्।

५ मंसिर, काठमाडौं। सिनियर विश्व कराँते च्याम्पियनसिपको २७औं संस्करणमा सहभागी हुन नेपाल कराते टोली आइतबार इजिप्टको काइरो जाने भएको छ।

नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने छन्।

अफिसियलमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, टिम व्यवस्थापकमा रवि महर्जन तथा प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् । तारा गुरुङ र खेलाडी सन्तोष श्रेष्ठपनि टोलीसंगै इजिप्ट जाने छन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

इजिप्ट नेपाली कराँते टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय