+

१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेस्रो साता

२०८२ मंसिर  ६ गते १८:५२ २०८२ मंसिर ६ गते १८:५२
१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेस्रो साता

६ मंसिर, काठमाडौं । नेपाल पौडी संघको आयोजनामा विगतमा हुँदै आएको एनएसए कप च्याम्पियनसिपको तेश्रो संस्करण मंसिर तेस्रो साता हुने भएको छ ।

मंसिर २० र २१ गते हुने १३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मा विभिन्न ३१ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघले जनाएको छ ।

जसमा पुरुषतर्फ १५०० मिटर, ४०० मिटर, २०० मिटर, १०० मिटर, ५० मिटर तथा ४० प्लसको ५० मिटर फ्रिस्टायल, २०० मिटर, १०० मिटर र ५० मिटर ब्रेष्ट स्ट्रोक, २०० मिटर इन्डिभिज्युल मिड्ले, १०० र ५० मिटर ब्याक स्ट्रोक र बटरफ्लाई खुल्ला प्रतिस्पर्धा हुने छ ।

महिलातर्फ ८०० मिटर, ४०० मिटर, २०० मिटर, १०० मिटर, ५० मिटर र ४० प्लसको ५० मिटर फ्रिस्टायल, २०० मिटर, १०० मिटर र ५० मिटर ब्रेष्ट स्ट्रोक, २०० मिटर इन्डिभिज्युल मिड्ले, १०० मिटर र ५० मिटर ब्याक र बटरफ्लाई खुला स्पर्धा हुनेछ ।

यसैगरि महिला तथा पुरुषको ५० मिटर गुणा ४ फ्रिस्टायल रिले र ५० मिटर गुणा ४ मिक्स मिड्ले रिलेमा प्रतिस्पर्धा हुनेछ ।

सातदोवाटोस्थित २५ मिटरको हिटिङ्ग पौडी पोखरीमा हुने च्याम्पियनसिपमा पदक प्राप्तीका आधारमा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई एनएसए च्याम्पियन ट्रफी प्रदान गरिने छ ।

यस्तै पदकका आधारमा १ महिला र १ पुरुष खेलाडीलाई नगद सहित ट्रफी प्रदान गरिने छ भने राष्ट्रिय किर्तिमान कायम गर्ने खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिने छ ।

च्याम्पियनसिपको अनुमानित लागत २० लाख रहेको छ । आर्थिक ब्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद् लगायत विभिन्न दाता, संघ, संस्थाहरुको प्रायोजनबाट पूर्ति गरिने नेपाल पौडी संघले जनाएको छ ।

च्याम्पियनसिपको लागि अनलाईन आवेदन खुला भइसकेको र च्याम्पियनसिपमा सहभागिता जनाउनका लागि Swim Nepal बाट मात्र अनलाइन फर्म भर्नुपर्ने पौडी संघले विज्ञप्तिमा जनाएको छ ।

एनएसए कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय