+
+
Shares

एनपीएलमा सट्टेबाजी गराएको अरोपमा ८ भारतीय पक्राउ

उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १६:४६

७ मंसिर, काठमाडौैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो ।

उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल  रहेका छन् ।

उनीहरूको साथबाट १५ थान मोबालाइ बरामद गरी त्यसबाट प्रविधियुक्त अनुसन्धान गरिएको पनि प्रहरीले जनाइको छ ।

थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?