News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिकेट प्रशिक्षक पुर्नेन्दु घोषले सुदूरपश्चिम रोयल्सको टिम युनिटी एकदम राम्रो रहेको बताएका छन्।
- एनपीएल दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससँग १५ जेठ २०७० कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अपरान्ह ४ बजे खेल्नेछ।
- प्रशिक्षक घोषले विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच बिहान ११:४५ बजे हुने खेलमा विराटनगरको पल्ला भारी हुन सक्ने बताए।
काठमाडौं । क्रिकेट प्रशिक्षक पुर्नेन्दु घोषले सुदूरपश्चिम रोयल्सको टिम युनिटी एकदम राम्रो रहेको बताएका छन् । अनलाइनखबर डटकमको सिद्धार्थ बैंक ओके एनपीएल बजमा कुरा गर्दै घोषले सुदूरपश्चिम टिमको युनिटीले टिम राम्रो भएको बताएका हुन् ।
‘यो टिममा नेपालका अनुभवी प्रशिक्षक छ । यस्तै सुदुरपश्चिम रोयल्सको युनिटी राम्रो छ । जुन क्रिकेटमा महत्वपूर्ण हुन्छ’, उनले भने । एनपीएलको दोस्रो सिजन अन्तर्गत सोमबार पनि डबल हेडर दुई खेल हुँदैछ । जसमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले वेस्टर्न डर्बीमा कर्णाली याक्ससँग खेल्दैछ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा यो खेल अपरान्ह ४ बजे खेल सुरु हुनेछ । सुदुरपश्चिम र कर्णाली याक्स दुवै टिम राम्रो रहेको खेल प्रतिस्पर्धात्मक हुने घोषले बताए ।
यस खेलमा सुदूरपश्चिम थोरै माथि रहन सक्ने उनले बताए । यद्यपि कर्णालीले सुदूरपश्चिमलाई सरप्राइज दिन सक्ने समेत उनको अनुमान छ ।
यस्तै इस्टर्न डर्बीमा साविक विजेता जनकपुर बोल्ट्सले विराटनगर किंग्ससँग पहिलो खेल खेल्दैछ । विराटनगर र जनकपुरको खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।
प्रशिक्षक घोषले विराटनगर लगातार दुई खेल जितेर कन्फिडेन्स रहेको र यस खेलमा विराटनगरको पल्ला भारी हुन सक्ने बताए ।
यस्तै जनकपुरले पनि पहिलो खेल गुमाएपनि पुनरागमन गर्न सक्ने बताए । घोषले यस खेलमा विराटनगरले जित्ने सक्ने अनुमान गरे ।
एनपीएल दोस्रो संस्करणको सम्पूर्ण खेलको प्रत्येक बल बाई बलको अपडेट अनलाइनखबरले गरिरहेको छ । त्यसका लागि अनलाइनखबरको होमपेजमा गएपछि खेलकुद टाइटलमा क्लिक गर्नुपर्नेछ। त्यहाँ तपाईंले बल बाई बल अपडेट पाउनुहुनेछ। त्यसअलावा भिडियोलगायतका अन्य सामग्रीहरू पनि हेर्न र पढ्न पाउनुहुनेछ।
प्रतिक्रिया 4