+
+
WC Series
जनकपुर बोल्ट्स 2025
38/2 (7.3)
VS
७५ बलमा ९८ रन आवश्यक
विराटनगर किंग्स 2025
135/7 (20)
Shares
क्रसबोर्डर अनियमितता :

विद्युत् आयातमा ४३ करोड गडबडी : महँगोमा नकिनेको भए ३ अर्ब घाटा हुने कुलमानको दाबी

पीटीसी इन्डियासँग प्रतियुनिट २१ भारतीय पैसा महँगोमा बिजुली किन्दा के आधारमा ३ अर्ब नाफा गराएको हो भन्ने विषयमा भने घिसिङले बताएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पीटीसी इन्डियासँग प्रतियुनिट भारतीय २१ पैसा महँगोमा बिजुली किनेर ३ अर्ब रुपैयाँ नाफा गरेको दाबी गरे।
  • मन्त्री घिसिङले राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा महँगोमा बिजुली किन्दा घाटा नभई नाफा भएको हास्यास्पद तर्क गरे।
  • उनले प्रतियुनिट ६.९५ भारुमा बिजुली किन्ने सम्झौता गरेर ड्राइ सिजनमा बिजुली सुरक्षित गरेको र भविष्यमा महँगो पर्ने सम्भावना हुँदा अहिले नै महँगोमा सम्झौता गरेको बताए।

८ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रतियुनिट भारतीय २१ पैसा महँगोमा पीटीसी इन्डियासँग विद्युत् किनेर उल्टै ३ अर्ब फाइदा गरेको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमबार ऊर्जामन्त्री घिसिङले यस्तो यस्तो दाबी गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले पीटीसी इन्डियाले मागेभन्दा पनि महँगो दरमा बिजुली किन्दा तथा तिर्नै नपर्ने बिहार राज्य प्रसारण लाइनको ह्विलिङ चार्ज तथा चुहावट समेत नघटाएर करिब ४३ करोड रुपैयाँ गडबडी गरेको विषयमा अनलाइनखबरले समाचार प्रकाशित गरिरहेको छ ।

सोही विषयमा राष्ट्रिय सभाका सांसद्हरूले प्रश्न उठाएपछि त्यसको जवाफ दिने क्रममा मन्त्री घिसिङले महँगोमा बिजुली किनेर घाटा होइन, नाफा गराएको हास्यास्पद तर्क गरेका हुन् ।

तर, प्रतियुनिट २१ भारतीय पैसा महँगोमा बिजुली किन्दा के आधारमा ३ अर्ब नाफा गराएको हो भन्ने विषयमा भने उनले बताएनन् ।

‘प्रतियुनिट ६.९५ भारुमा बिजुली किन्ने सम्झौता गरेर हामीले ड्राइ सिजनमा बिजुली सुरक्षित गरेका छौं,’ उनले भने ।

दोस्रो, भोलिका दिनमा बिजुली अझै महँगो पर्ने सम्भावना भएकोमा अहिले नै महँगोमा सम्झौता गरिदिएर प्राधिकरणको पैसा जोगाइदिएको तर्क उनले गरे ।

‘६.७४ भारु प्रतियुनिटमा सम्झौता नगर्ने तत्कालीन एमडी र बोर्डलाई कारबाही गर्नुपर्थ्यो,’ ऊर्जामन्त्री घिसिङले दाबी गरे, ‘त्यसबेला निर्णय नगर्ने, अझै उल्टो प्रचार गर्ने ?’

आफूहरूले राज्यको पक्षमा रही निर्णय गरेको उनको दाबी थियो । ‘राइट डिसिजन राइट टाइममा गरेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?