News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका पाँच खेलाडीहरू बंगलादेश प्रिमियर लिगको आगामी सिजनको खेलाडी अक्सनमा सूचीकृत भएका छन्।
- सन्दीप लामिछाने क्याटेगोरी बीमा, दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी मा सूचीकृत भएका छन्।
- आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा परेका छन् र अक्सनबाट टिमले अनुबन्ध गरेमा खेल्ने मौका पाउनेछन्।
११ मंसिर, काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्।
नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ । सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन् ।
दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी मा पर्दा आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा समावेश भएका छन् ।
नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले यसअघि पनि विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् । उनी बीपीएलमा अनुबन्ध हुने बलिया दाबेदार हुन् ।
अलराउन्डर दीपेन्द्र सिंह ऐरी उत्कृष्ट लयमा रहेका छन् । विकेटकिपर ब्याटर आसिफ शेख, तीब्र गतिका बलर सोमपाल कामी र युवा अलराउन्डर गुलशन झा पनि अक्सन ड्राफ्टमा परेका छन् ।
यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन्। बीपीएल विश्वका चर्चित टी-२० लिगहरूमध्ये एक हो ।
प्रतिक्रिया 4