+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

‘डन’ भन्दै फोनबाट १५ लाख माग्ने युवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ५ गते १८:४७

५ भदौ, काठमाडौं । आफू ‘डन’ भएको बताउँदै फोनबाट धम्की दिएर रकम माग गर्ने एक युवालाई प्रहरीले काठमाडौं धापासीबाट बिहीबार पक्राउ गरेको छ ।

अमित डनको नाममा फोन गरेर एक हप्ता भित्र १५ लाख रुपैयाँ माग्दै धम्की दिएको अभियोगमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले धापासी-९ बस्ने १८ वर्षीय आशिष पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेले न्यूरोडका एक कम्यूटर व्यापारीलाई एक पटक फोन गरेर घाँटी छिनाइदिने धम्की दिँदै १५ लाख रुपैयाँ माग गरेका थिए । महानगरी अपराध अनुसन्धान महाशाखाका एसपी भुपाल कुमार भण्डारीका अनुसार पाण्डेले अर्काको मोवाइल सिम दुरुपयोग गरेर ब्यापारीलाई धम्की दिएको खुलेको छ ।

प्रहरी अनुसन्धानका क्रममा पाण्डेले ती व्यापारीलाई एक पटक मात्रै फोन गरेर धम्की दिएको पत्ता लागेको हो । ‘अहिलेसम्मको अनुसन्धानमा उनी अन्य अपराधिक घटनामा संलग्न भएको पाइएको छैन’, एसपी भण्डारीले भने, ‘थप अनुसन्धानबाट अन्य अपराध पुष्ट नभए सार्वजनिक अपराधमा मुद्दा चलाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?