+

टस जितेर कर्णाली याक्सले बलिङ गर्दै

२०८२ मंसिर  १६ गते १५:४६ २०८२ मंसिर १६ गते १५:४६
टस जितेर कर्णाली याक्सले बलिङ गर्दै

१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्दैछ ।

कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

पोखराले आजको खेलका लागि ५ परिवर्तन गरेको छ । जिमी नीशम, म्याट टेलर, सुमित वर्मा, अभिषेक तिवारी र दिनेश खरेल बाहिरिँदा जेसन रोय, धनन्जय लक्षण, ऋषि धवन, आकाश चन्द र सन्दीप केसी टिममा आएका छन् ।

कर्णालीले पनि ३ परिवर्तन गरेको छ । विलियम बोसिस्टो, युवराज खत्री र दीपक डुम्रे बाहिरिँदा जयकिशन कोल्सावाला, युनिशविक्रमसिंह ठकुरी र दीपेन्द्र रावत टोलीमा आएका छन् ।

पाँच खेल खेलिसकेको कर्णाली र चार खेल खेलेको पोखरा दुवैले एक/एक खेलमात्रै जितेका छन् ।

एनपीएल कर्णाली याक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय