+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

१९ वर्ष जेल तोकिएका व्यक्ति २२ वर्षपछि पक्राउ

पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका–४ का ४३ वर्षीय खेमबहादुर थजाली छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १३:१५

१९ मंसिर, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ७ महिना जेल सजाय सुनाइएका व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका–४ का ४३ वर्षीय खेमबहादुर थजाली छन् । उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका–८ कालिपुलबाट पक्राउ गरेको हो ।

थजाली समेतका व्यक्तिले ६ कात्तिक २०६० मा म्याग्दीको साविक दग्नाम गाविस–२ बस्ने धनराम तिलिजाको हत्या गरेका थिए । घरमा सुतिरहेका तिजिलालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । यो मुद्दामा उनलाई म्याग्दी जिल्ला अदालतले २९ चैत २०६३ मा १९ वर्ष ७ महिना कैद सजाय तोकेको थियो ।

त्यसयता उनी फरार हुँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?