+
+
Shares

अकबरे खुर्सानीको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अकबरे खुर्सानीको भाउ प्रतिकिलो १० रुपैयाँले घटेको तथ्यांक सार्वजनिक गरेको छ।
  • मंगलबार अकबरे खुर्सानी प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो भने बुधबार यसको भाउ प्रतिकिलो १ सय ९० रुपैयाँमा झरेको छ।
  • मंसिर पहिलो साता अकबरे खुर्सानीको थोक भाउ औसत प्रतिकिलो १ सय ३० रुपैयाँ रहेको थियो।

२४ मंसिर, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँले घटेको छ । मंगलबार अकबरे खुर्सानी प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज बुधबार प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । मंसिर पहिलो साता अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?