News Summary
Generated by OK AI. Editorially reviewed.- रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेकालाई कुल १ लाख १५ हजार ५९६ कित्ता आईपीओ सेयरका लागि आवेदन खुलाएको थियो।
- कुल ३५ हजार १०२ जनाले आईपीओमा आवेदन दिएका थिए, जसमा २ हजार ३११ जनाले मात्र सेयर पाएका छन्।
- आईपीओको मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा रहेको र नतिजा सीडीएससीको अनलाइन प्रणालीमार्फत हेर्न सकिनेछ।
१ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई यसअघि खुलेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट भएको छ । वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले कुल १ लाख १५ हजार ५९६ कित्ता सेयरका लागि आवेदन खुलाएको थियो ।
कुल ३५ हजार १०२ जनाले आईपीओमा आवेदन दिएका थिए । जसमध्ये २ हजार ३११ जनाले सेयर पाएका छन् । सेयर पाएका यीमध्ये ४६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् ।
आईपीओ भरेकामध्ये ३२ हजार ७९१ आवेदकको हात रित्तो भएको छ । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कम्पनीको आईपीओ खुलेको हो । आम सर्वसाधारणका लागि पुस ७ देखि कम्पनीको आईपीओ खुल्नेछ । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणालीमार्फत हेर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4