+

चीन जाने क्यानोइङ टोलीको बिदाइ

२०८२ पुष  १ गते १७:२९ २०८२ पुष १ गते १७:२९
चीन जाने क्यानोइङ टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्यानोइङ एण्ड कयाक टिमलाई चीनमा आयोजना हुने चाइना नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिप २०२५ मा सहभागी हुन बिदाइ गरिएको छ।
  • नेपालबाट कृष्ण खड्का र रन्जन कँडेलले च्याम्पियनसिपमा भाग लिनेछन् भने सूर्य प्रसाद जोशी र महेश थापा अफिसियलको रुपमा जानेछन्।
  • एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई शुभकामना दिएका छन् र नेपाल राफ्टिङ एण्ड क्यानोइङ एसोसिएसनका अध्यक्ष राजिव श्रेष्ठले अन्तर्राष्ट्रिय एक्सपोजरको महत्व बताउनुभएको छ।

१ पुस, काठमाडौं । चीनमा आयोजना हुने चाइना नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिप २०२५ मा सहभागी हुने नेपाल क्यानोइङ एण्ड कयाक टिमलाई बिदाइ गरिएको छ ।

नेपालबाट कृष्ण खड्का र रन्जन कँडेलले च्याम्पियनसिपमा भाग लिनेछन् । यस्तै अफिसियलमा सूर्य प्रसाद जोशी र महेश थापा पनि नेपाली टिमसँग जानेछन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका महासचिव तथा नेपाल राफ्टिङ एण्ड क्यानोइङ एसोसिएसनका अध्यक्ष राजिव श्रेष्ठले मंगलबार एक कार्यक्रम बीच बिदाइ गरे ।

चाइनिज क्यानोइङ एसोसिएसनको आयोजनामा युनान प्रान्तमा हुने यस प्रतियोगिता डिसेम्बर १६ देखि २२ सम्म सञ्चालन हुनेछ ।

एनओसी अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा आत्मविश्वासी भएर राम्रो प्रदर्शन गर्न खेलाडीहरुलाई शुभकामना दिए ।

यस्तै नेपाल राफ्टिङ एण्ड क्यानोइङ एसोसिएसनका अध्यक्ष राजिव श्रेष्ठले नेपालमा क्यानोइङ र कयाकिङको विकासका लागि अन्तर्राष्ट्रिय एक्सपोजरको महत्व र त्यसका लागि गर्नुपर्ने तयारीका बारे धारणा राखेका थिए ।

नेपाल क्यानोइङ एण्ड कयाक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय