Listen News
0:00
0:30
३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिएकाहरुसँग समन्वय गर्ने भएको छ ।
स्थानीय तह, प्रदेश र संघमा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरुसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरिएको छ ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित वा पराजितसँग समन्वय गर्न केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई संयोजक तोकिएको छ ।
उक्त कार्यदलको सदस्यहरुमा संगठन विभागको उपप्रमुख बोधनारायण श्रेष्ठ र नेता रञ्जु दर्शना सदस्य तोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4