+
+
Shares

यी हुन् रास्वपाको समानुपातिक उम्मेदवार बन्न इच्छुकहरु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते ७:५५

 ४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक गरेको छ । सात वटै प्रदेशबाट ३५२ जनाले उम्मेदवार बन्न आवेदन हालेका थिए । पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास भन्दै आवेदन मागेको थियो ।

समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका ३५२ जनाको नाम पुस ३ गते सार्वजनिक भएको हो । जसमा सबैभन्दा धेरै बागमती प्रदेशबाट ९४ जना छन् भने कर्णालीबाट २० जना मात्र छन् ।

यस्तै कोशी प्रदेशबाट ६० जना, मधेशबाट ६१जना, गण्डकीबाट ४३ जना, लुम्बिनीबाट ४४ जना र सुदूरपश्चिमबाट ३० जनाले आवेदन दिएका छन् ।

सार्वजनिक गरिएको तालिका अनुसार पुस ४ गतेसम्म उम्मेदवार उपर दाबी विरोध गर्ने समय तोकिएको र प्राप्त दाबी विरोध उपर छानबिन गरी पुस ५ गते उम्मेदवारहरूसँग सातै प्रदेशमा छलफल तथा पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन र प्रारम्भिक चुनाव गरी पुस १४ गतेसम्म अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेपार्टीका उम्मेदवार छनोट समिति संयोजक एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले जानकारी दिए ।

‘रास्वपाले उम्मेदवार छनोटमा वैज्ञानिक विधि अपनाउन पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन गर्ने छ,यस अवधिमा मतदाताको घरदैलोमा पठाएर उम्मेदवारहरूको नेतृत्व क्षमता र राजनीतिक ज्ञानको परीक्षण गरिने छ’ आचार्यले भने, ‘उम्मेदवारहरुको क्षमता परीक्षण पश्चात पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन पनि हुनेछ यी सबै प्रकृयापछि पुस १४ गते ११० जनाको अन्तिम नामावली प्रकाशन गर्ने टाइमलाइन छ ।’

पार्टी सदस्यहरुबाट गरिने प्रारम्भिक मतदान कार्यक्रम पुस १२ र १३ गते दुवै दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने आचार्यले जानकारी दिए ।

उम्मेदवार छनोटलाई पारदर्शी बनाउन टाइमलाइन र विभिन्न विधि  बनाइएको आचार्यको दावी छ । रास्वपाले पहिलोपटक रुपन्देही ३ को उपचुनावमा यो विधि अपनाएको थियो । यद्यपि उक्त विधिमा कतिपय उम्मेदवारले पारदर्शितामाथि प्रश्न उठाउँदै असन्तुष्टि जनाएका थिए ।

रास्वपामा प्रत्यक्ष उम्मेदवार बन्न चाहनेले समानुपातिकबाट नाम फिर्ता लिन सक्नेछन् ।

हेर्नुहोस् नामावली–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?