+
+
Shares

अहिलेसम्म कमाएको प्रतिष्ठा सकिए पनि सकियोस् भनेर पार्टी खोलेँ : कुलमान घिसिङ

‘अब मैंले के गर्ने कि त धार्मिक संस्थामा जोडिएर काम गर्न पर्‍यो कि त अरु सामाजिक संघसंस्थामा बसेर काम गर्नुपर्‍यो’, कुलमानले भने, ‘ती संस्थामा बसेर देशमा ठोस परिवर्तन गर्न सकिँदैन भनेर राजनीतिमा लागेँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते १८:३४
Listen News
0:00
0:30
🔊

५, पुस, चितवन । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले अहिलेसम्म आफूले कमाएको प्रतिष्ठा दाउमा राखरै भए पनि पार्टी खोलेर अगाडि बढेको बताएका छन् ।

उज्यालो नेपाल पार्टीको चितवन भेलालाई आज भरतपुरमा सम्बोधन गर्दै कुलमानले कतिपय मान्छेले आफूलाई राजनीति नगर्न सुझाव दिएको भए पनि राजनीति पार्टीबाट नै देशलाई अगाडि बढाउने सोचले राजनीतिमा होमिएको बताए ।

उनले विद्युत् प्राधिकरणमा बसेर आर्जन गरेको ख्याती राजनीति गर्दा गुम्न सक्ने भन्दै आफ्ना शुभेच्छुकले राजनीति नगर्न सम्झाएको स्मरण गरे ।

‘अब मैंले के गर्ने कि त धार्मिक संस्थामा जोडिएर काम गर्न पर्‍यो कि त अरु सामाजिक संघसंस्थामा बसेर काम गर्नुपर्‍यो’, कुलमानले भने, ‘ती संस्थामा बसेर देशमा ठोस परिवर्तन गर्न सकिँदैन भनेर राजनीतिमा लागेँ ।’

उनले देशमा ठूला भनिएका राजनीतिक पार्टीले परिवर्तनमा भूमिका खेले पनि सुशासन र भष्ट्राचार नियन्त्रणमा भूमिका खेल्न नसक्दा जनतामा आक्रोश आएको बताए । उनले आफूले अन्य कुनै पनि राजनीतिक दल र तिनका नेताविरुद्ध गाली गलौज र अनावश्यक लान्छाना लगाएर कहिल्यै नबोल्ने बताउँदै कुलमानले आफ्नाविरुद्ध विभिन्न षडयन्त्र गरेर बदनाम गराउने प्रयत्न सुरु भएको बताए ।

उनले नयाँ राजनीतिक दलहरूका बीचमा आगामी चुनावमा सहकार्य गर्न अझै सकिने भन्दै उनले अबको चुनावमा जनताले सही पार्टी र नेता छान्ने अवसर आएको बताए । पुराना राजनीतिक दलमा पनि राम्रा र असल मान्छेलाई जनताले जिताउनुपर्ने उनको धारणा छ ।

नयाँ पार्टीहरूका बीचमा एकता गर्दा कुनै पनि स्वार्थ राख्न नहुने भन्दै कुलमानले आज मिल्ने तर भोलि नै फुट्ने एकता नगरिने प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?