६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित टिप्पणी गरेका छन् ।
आइतबार पार्टी कार्यालयमा स्वागत गर्न भेला भएका पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकलाई सम्बोधन गर्दै लामिछानेले ‘पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भैगो’ भन्दै ओली लक्षित टिप्पणी गरेका हुन् ।
केही दिन अघि मात्रै सम्पन्न ११औं महाधिवेशनबाट ओली पार्टी अध्यक्षमा निर्वाचित भएका थिए ।
निर्वाचन बिथोल्नका लागि भागेका केही शक्ति आफैं सक्रिय रहेको उनको भनाइ छ ।
उनले भने, ‘चारतिर घटना घटाइदिने, आफ्नै मान्छे खटाइदिने अनि ऊ वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर मुन्टो निकाल्न खोज्दैछन् । मुन्टो निकाल्न पर्दैन । चुनावको वातावरण बिगार्न पर्दैन । चुनावमा गए भइगो नि ।’
एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै उनले अगाडि भने, ‘पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भैगो ।’
लामिछानेले चुनाव बिथोल्न नपाइने बताए ।
प्रतिक्रिया 4