News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौंको तीन होटल रेस्टुरेन्टलाई कुल ६० हजार रुपैयाँ जरिबाना तिराएको छ।
- होटल ब्लिसफुल प्रालिलाई ५० हजार, गोल्मादेवी भोजनालय एन्ड लज र चण्डेश्वरी नेवारी खाजा घरलाई पाँच–पाँच हजार रुपैयाँ जरिबाना तिराइएको छ।
- विभागले मूल्यसूची, दर्ता प्रमाणपत्र, एमआरपी नलगाउने र गुणस्तरमा हेरफेर गरेको उद्योग–फर्मलाई जरिबाना र सामान्य निर्देशन दिएको छ।
७ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार तीन होटल तथा रेस्टुरेन्टलाई ६० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागको अनुगमन टोलीले सोमबार काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको होटल ब्लिसफुल प्रालिलाई ५० हजार, गोल्मादेवी भोजनालय एन्ड लजलाई ५ हजार रुपैयाँ र चण्डेश्वरी नेवारी खाजा घरलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
त्यसैगरी विभागले अनुगमन गरेका अन्य ११ उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिएको छ ।
पछिल्लो समय विभागले उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4