+

भ्याली पब्लिक यू–१९ बास्केटबल लिग च्याम्पियन

२०८२ पुष  ७ गते २१:२७ २०८२ पुष ७ गते २१:२७
भ्याली पब्लिक यू–१९ बास्केटबल लिग च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भ्याली पब्लिकले सेनेका यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि अपराजित रहँदै जितेको छ।
  • फाइनलमा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ६४–४३ ले पराजित गरेको छ।
  • लोरिशा गौचनले ४६ अंक जोडेर 'मोस्ट भेलुएबल प्लेयर' घोषित भएकी छिन्।

७ पुस, काठमाडौं । भ्याली पब्लिकले सेनेका यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिक अपराजित रहँदै च्याम्पियन बनेको हो । भ्याली पब्लिकले सबै १२ खेल जित्यो ।

भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ६४–४३ ले पराजित गर्‍यो । भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ अंक जोडिन् । लोरिशा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।

सेनेका एडुकेसन कन्सल्टेन्सी प्रा.लि. द्वारा आयोजित प्रतियोगितामा भ्याली पब्लिक र साइपालसहित ६ टिम सहभागी थिए । अन्य सहभागीमा गोल्डेनगेट इन्टरनेसनल कलेज, बलर्स एकेडेमी, नितेन मेमोरिय स्कुल (निम्स) र चेल्सी इन्टरनेसनल कलेज रहेका छन् ।

विजेतालाई पूर्व राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङतान, सेनेकाकी उमा खड्का पाठक, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

लिग भदौ २२ गतेदेखि सुरु भएको थियो । लिगका खेलहरु साइपालमा पनि भएको थियो ।

सेनेका यू–१९ गर्ल्स बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय