१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच आज साँझ फेरि भेटवार्ता हुने भएको छ ।
उनीहरूबीच आजै साँझ पुन: छलफल गर्ने तयारी गरिएको हो । यसअघि आज बिहानैबाट ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा बालेनले छलफल गरिरहेका छन् ।
रवि पनि छलफलका लागि पुगेका थिए । त्यसपछि अहिले विभिन्न दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार, रविले आफू पनि पार्टीको उच्च तहमा एकपल्ट कुराकानी गरेर पुन: आउने बताएर फर्किएका थिए ।
बेलुकीको बैठक अर्को ‘न्युट्रल भेन्यु’ मा राख्ने प्रस्ताव रविले गरेका थिए । बालेनले भने त्यसबारे केही जवाफ दिएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4