News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशमा सुरु भएको पहिलो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिएका छन्।
- सन्दीपले रोनी तालुकदारलाई बोल्ड र हजरतुल्लाह जाजाइलाई स्टम्प आउट गरे।
- सिलहेट टाइटन्सले २० ओभरमा ५ विकेट गुमाएर १९० रन बनाएर राजशाहीलाई १९१ रनको लक्ष्य दिएको छ।
११ पुस, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु भएको पहिलो खेलमा राजशाही वारियर्सबाट खेलिरहेका नेपाली क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् ।
सिलहेट टाइटन्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिएका हुन् । उनले रोनी तालुकदार र हजरतुल्लाह जाजाइलाई आउट गरे ।
४१ रन बनाएर खेलिरहेका रोनीलाई बोल्ड गरेका सन्दीपले जाजाइलाई २० रनमा स्टम्प आउट गराए ।
सिलहेटले २० ओभरमा ५ विकेट गुमाएर १९० रन बनाउँदै राजशाहीलाई १९१ रनको लक्ष्य दिएको छ ।
प्रतिक्रिया 4