+
+
Shares

बालेन–कुलमान वार्तामा मिसिए रवि

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते २२:३०

१२ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) बीच भइरहेको छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि मिसिएका छन् ।

घिसिङ र शाहबीच साँझदेखि चलिरहेको वार्तामा लामिछाने मिसिएका हुन् ।

निकट स्रोतका अनुसार, अहिले उनीहरू तीन जनाबीच छलफल चलिरहेको छ । यो वार्तालाई निर्णायक मानिएको छ ।

यद्यपि औपचारिक रुपमा केही जानकारी नेताहरूले गराएका छैनन् ।

रवि निकट स्रोतका अनुसार, रवि र बालेनका सहयोगीले तयार पारेको सहमतिको ड्राफ्टमाथि अहिले छलफल चलिरहेको हो ।

घिसिङले आजै मात्रै पार्टी बैठक राखेर अस्तित्वको विषय उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?