+
+
Shares

‘राष्ट्रिय घर निर्माण फेस्ट-२०८२’ सुरु

निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा हेरिएको फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधि प्रयोग मार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्य राखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाडौं भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट-२०८२ आइतबारदेखि सुरु भएको छ।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले \'जे गर्छौं, नेपालमै गर्छौं\' भन्ने नारासहित फेस्ट उद्घाटन गरेका छन्।
  • फेस्टमा ४० हजार दर्शक र २ अर्ब रुपैयाँ बढीको कारोबार हुने अपेक्षा गरिएको छ र आगामी मंगलबारसम्म जारी रहने छ।

१३ पुस, काठमाडौं ।  ‘राष्ट्रिय घर निर्माण फेस्ट-२०८२’ आइतबारदेखि सुरु भएको छ ।

घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाडौं भृकुटीमण्डपमा सुरु फेस्टको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले उद्घाटन गरे ।  ‘जे गर्छौं, नेपालमै गर्छौं’ भन्ने नारासहित सुरु फेस्टले नेपालमै अवसर छ भन्ने सन्देश दिएको मन्त्री घिसिङले बताए ।

निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा हेरिएको फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधि प्रयोग मार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्य राखेको छ ।

पहिलो दिन आज १५ हजार बढी दर्शकले फेस्ट आवलोकन गरेको आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ । ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टमा २ अर्ब रुपैयाँ बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा विश्वकै ठूलो इँटा लगायत निर्माण सामग्री प्रदर्शनीमा राखिएको छ । आजदेखि सुरु फेस्ट आगामी मंगलबारसम्म जारी रहने छ ।

नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डले अझै पनि समान रूपमा ग्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादन व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले उक्त समस्या सम्बोधन गर्न घर फेस्ट आयोजना गरिएको हो ।

प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तर्क्रिया तथा ब्रान्डिङ परामर्श मार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्‍याउन सक्नेछन् । त्यस्तै उल्टो घर, डोम हाउस, ६ लाखको घरलाई प्रदर्शनीमा विशेष आकर्षणका रूपमा राखिएको छ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?