News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुम पश्चिम प्रशिक्षण केन्द्रले नवौं एनभीए भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
- त्रिभुवन आर्मी क्लबले पनि लगातार दोस्रो जितसहित समूह 'डी' को विजेता बनेको छ।
- रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५-२०, २५-१८, २३-२५, २५-१८ ले पराजित गरेको छ।
१४ पुस, काठमाडौं । रुकुम पश्चिम प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ लगातार दोसो जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको पहिलो खेलमा समूह ‘सी’ मा रहेको रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५-२०,२५-१८, २३-२५, २५-१८ ले पराजित गरेको हो ।
यसअघि रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई पराजित गरेको थियो । लगातार दोस्रो जितसहित रुकुम पश्चिम समूह विजेता बन्यो ।
त्यस्तै सोमबार भएको दोस्रो खेलमा समूह ‘डी’ मा रहेको त्रिभुवन आर्मी क्लबले कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्रलाई सोझो सेटमा पराजित गर्यो । कीर्तिपुरविरुद्ध आर्मी २५-१९, २५-२१ र २५-२१ ले विजयी भयो ।
आर्मीले पहिलो खेलमा कोशी प्रदेशलाई पराजित गरेको थियो । आर्मी लगातार दुई जितसहित समूह ‘डी’को विजेता बन्यो ।
प्रतिक्रिया 4