News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघको कार्यसमितिको बैठक १६ पुस, दिउँसो १ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा बस्नेछ।
- बैठकमा विधानको धारा ३० अनुसार साधारण सभा र आर्थिक वर्ष ०८२/०८३ का लागि लेखा परीक्षक नियुक्ति विषयमा छलफल हुनेछ।
- एन्फाभित्र समयअगावै निर्वाचन गर्नुपर्ने माग उठिरहेका कारण बैठकबाट निर्वाचन मिति घोषणा हुनसक्ने सम्भावना छ।
१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा बस्ने बैठकमा विधानको धारा ३० अनुसार साधारण सभा (अर्डिनरी कंग्रेस) र आर्थिक वर्ष ०८२/०८३ का लागि लेखा परीक्षक नियुक्ति लगायतका विषयमा छलफल हुनेछ।
एन्फाभित्र समयअगावै निर्वाचन (अर्ली इलेक्सन) गर्नुपर्ने माग उठिरहेकाले आजको बैठकलाई महत्वपूर्ण मानिएको छ।
हालको कार्यसमितिको कार्यकाल असारमा सकिन लागेको छ भने फिफा विश्वकपको तयारी तथा समय व्यवस्थापनलाई ध्यानमा राख्दै चाँडै निर्वाचन गरिनुपर्ने चर्चा चलिरहेको छ।
यही कारण आजको बैठकबाट एन्फा निर्वाचनको मिति घोषणा हुन सक्ने सम्भावना छ ।
यसअघि पनि एन्फामा समयअगावै (अर्ली) निर्वाचनको माग उठ्दै आएको थियो। तर त्यो बेला एन्फा नेतृत्वले यस विषयमा खासै चासो नदेखाएको आरोप लाग्दै आएको थियो।
अहिले भने नेतृत्व पक्ष स्वयं अर्ली निर्वाचनको तयारीतर्फ लागेपछि विपक्षी समूहहरूले यसप्रति असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन्।
प्रतिक्रिया 4