+

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : फारवेस्ट पशुपतिलाई पराजित गर्दै बागमारा ‍सेमिफाइनलमा

२०८२ पुष  २२ गते २०:५८ २०८२ पुष २२ गते २०:५८
बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : फारवेस्ट पशुपतिलाई पराजित गर्दै बागमारा ‍सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमारा स्पोर्ट्स क्लब लम्कीले फारवेस्ट पशुपति क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • अनमोल बुढा क्षेत्री, अनिल पुरी, जीवन नेपाली र लक्ष्मण सिजालीले गोल गर्दै बागमारा स्पोर्ट्सको जित सुनिश्चित गरे भने जीवन नेपाली म्यान अफ द म्याच घोषित भए।
  • प्रतियोगिता पुस २६ गतेसम्म चल्नेछ र विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्।

२२ पुस, कैलाली । कैलालीको धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा बागमारा स्पोर्ट्स क्लब लम्की सेमिफाइनलमा प्रवेश गरेको छ।

उपाधिको दाबेदार मानिएको फारवेस्ट पशुपति क्लब धनगढीलाई बागमारा स्पोर्ट्सले ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो।

पहिलो खेलमा फारवेष्ट पशुपति युवा क्लबले बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सलाई २–० ले हराउँदै उत्कृष्ट सुरुवात गरेको भए पनि यस खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन।

बागमारा स्पोर्ट्सका लागि खेलको चौथो मिनेटमै अनमोल बुढा क्षेत्रीले गोल गर्दै शानदार सुरुवात दिलाए। त्यसको एक मिनेटपछि नै अनिल पुरीले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको २६औँ मिनेटमा जीवन नेपालीले गोल गर्दै अग्रता ३–० पुर्‍याए। उत्कृष्ट प्रदर्शनका कारण उनी म्यान अफ द म्याच घोषित भए।

दोस्रो हाफको ७१औं मिनेटमा लक्ष्मण सिजालीले बागमाराका लागि थप एक गोल गर्दै जित सुनिश्चित गरे। फारवेस्ट पशुपति क्लबका बिपिन सिंहले खेलको ८८औँ मिनेटमा एक सान्त्वना गोल फर्काए।

अब बागमारा स्पोर्ट्स क्लब लम्कीले पुस २४ गते सेमिफाइनलमा संघर्ष स्पोर्ट्स क्लब गोदावरीसँग प्रतिस्पर्धा गर्नेछ।

कैलाली जिल्ला फुटबल संघको आयोजनामा तथा बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको यस प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोलीहरू सहभागी छन्।

पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ।

साथै, विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिएका छन्।

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय