+
+
Shares

विशेष महाधिवेशनमा उपस्थित हुन ललितपुर कांग्रेसको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते ९:३६
Listen News
0:00
0:30
🔊

२४ पुस, काठमाडौं । नेपाली कांग्रेस ललितपुरले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ ।

जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले विज्ञप्ति जारी गरेर प्रतिनिधिहरूलाई २७–२८ पुसका लागि तय भएको विशेष महाधिवेशनमा अनिवार्य उपस्थित हुन अनुरोध गरेका हुन् ।

ललितपुर कांग्रेसले विशेष महाधिवेशनको औपचारिक उद्घाटन समारोहका लागि २७ पुसको बिहान ११ बजे कुपण्डोलको हनुमानस्थानमा भेला भएर बाजागाजा, झाँकीसहितको र्‍याली भृकुटीमण्डपतर्फ जाने कार्यक्रम तय गरेको छ ।

सभापति श्रेष्ठले उक्त झाँकीसहितको र्‍यालीमा सहभागी हुन कांग्रेसको सम्पूर्ण तहका नेता–कार्यकर्ताहरूलाई भनेको छ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?