+

तेक्वान्दोका लामा प्रथम श्रेणीको पुम्से रेफ्रीमा बढुवा

२०८२ पुष  २५ गते २१:०२ २०८२ पुष २५ गते २१:०२
तेक्वान्दोका लामा प्रथम श्रेणीको पुम्से रेफ्रीमा बढुवा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो सहायक मुख्य प्रशिक्षक नोर्बु लामा पहिलो नेपाली प्रथम श्रेणी अन्तराष्ट्रिय पुम्से रेफ्री बनेका छन्।
  • लामाले २०२५ डिसेम्बर ३१ मा विश्व तेक्वान्दो महासंघको नियम अनुसार जी–१ तथा जी–२ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागी भई ८ अंक प्राप्त गरी बढुवा भएका हुन्।
  • नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले लामालाई प्रमाण पत्र प्रदान गर्दै बधाइ दिएका थिए र सो अवसरमा राखेपका सदस्यहरू पनि उपस्थित थिए।

२५ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दो सहायक मुख्य प्रशिक्षक नोर्बु लामा पहिलो नेपाली प्रथम श्रेणीको अन्तराष्ट्रिय पुम्से रेफ्री बनेका छन् ।

सन् २०१० मा अन्तर्राष्ट्रिय रेफ्रिको दोस्रो श्रेणीमा बढुवा भएका लामा २०२५ को डिसेम्बर ३१ तारिखमा प्रथम श्रेणीमा बढुवा भएका हुन् ।

अन्तर्राष्ट्रिय रेफ्रीमा दोस्रो श्रेणीबाट प्रथम श्रेणीमा बढुवा हुन विश्व तेक्वान्दो महासंघको नियमा अनुसार जी– १ तथा जी– २ अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्तराष्ट्रिय रेफ्री रिफ्रेसर कोर्षमा सहभागी भई ८ अंक प्राप्त गर्नु पर्नेछ ।

उक्त ८ अंक प्राप्त गर्न लामाले अस्ट्रेलिया, दक्षिण कोरिया, दुवई, मलेसिया, हङकङ, भारत र इन्डोनेसियमा भएको जी–२ प्रतियोगिता एवं रिफ्रेसर कोर्षमा सहभागी भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् । लामाले २०२२ मा कोरियमा सम्पन्न विश्व पुम्से तेक्वान्दो प्रतियोगितामा समेत निर्णायको भूमिका निर्वाह गरेको थिए ।

काभ्रेका लामाले २०४५ सालदेखि तेक्वान्दो सुरु गरी विश्व तेक्वान्दो हेडक्वाटरबाट ७औं डान ब्ल्यक्बेल्ट प्राप्त गरेका छन् ।

लामाले इन्डोनेसियमा भएको १८ औं एसियाली खेलकुद तथा सन् २०१० मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली राष्ट्रिय तेक्वान्दो पुम्से टिमको प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । १३ औं सागमा तेक्वान्दोले जितेको कुल १२ स्वर्ण मध्ये ७ स्वर्ण पदक पुम्से विद्याबाट प्राप्त भएको थियो ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले लामालाई सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा प्रमाण पत्र प्रदान गर्दै बधाइ दिए ।

सो अवसरमा राखेपका सदस्य कुमार लामा घिसिङ, संघका महासचिव हेमन्त डाँगी, सदस्य टिकाप्रसाद लिम्बुलगायतको उपस्थित रहेको थिए ।

नोर्बु लामा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय