News Summary
Generated by OK AI. Editorially reviewed.- आर्सनलले इंग्लिस एफए कप फुटबलको तेस्रो चरणमा पोर्ट्समाउथलाई ४-१ गोलअन्तरले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ।
- गाब्रियल मार्टिनेलीले २५औं, ५१औं र ७२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
- म्यान्चेस्टर युनाइटेड तेस्रो चरणमा ब्राइटनसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
२८ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोली आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
गएराति भएको तेस्रो चरणको खेलमा आर्सनलले पोर्ट्समाउथलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले ह्याट्रिक गरे भने एक गोल उपहार पाएको थियो ।
खेलको तेस्रो मिनेटमा पोर्ट्समाउथले कोल्बी बिशोपले गोल गर्दै अग्रता दिलाएका थिए । आठौं मिनेटमा आन्द्रे डजेलबाट आत्मघाती गोल भएपछि खेल बराबरीमा आयो ।
मार्टिनेलीले २५औं, ५१औं र ७२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने आर्सनल ४-१ ले विजयी भयो ।
प्रिमियर लिगकै अर्को टोली म्यान्चेस्टर युनाइटेड भने तेस्रो चरणबाटै बाहिरिएको छ । युनाइटेड ब्राइटनसँग २-१ ले पराजित हुँदे बाहिरियो ।
ब्राइटनको जितमा ब्राजन ग्रुडा र डानी वेलबेकले एक-एक गोल गरे । युनाइटेडका बेन्जामिन सेस्कोले गोल फर्काएपनि पर्याप्त हुन सकेन ।
प्रतिक्रिया 4