+

राष्ट्रिय लिगमा फ्रेण्ड्सको विजयी सुरुवात

२०८२ पुष  ३० गते १४:३३ २०८२ पुष ३० गते १४:३३
राष्ट्रिय लिगमा फ्रेण्ड्सको विजयी सुरुवात

३० पुस, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा ललितपुरको फ्रेण्ड्स क्लबले विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आज भएको पहिलो खेफमा फ्रेण्ड्सले सुर्खेतको काँक्रेविहार युवा क्लबलाई ३-१ ले पराजित गरेको हो ।

फ्रेण्ड्सका लागि प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापागाईँले १-१ गोल गरे । काँक्रेविहारका लागि फ्रेण्ड्सकै कमल श्रेष्ठले आत्मञाती गोल गरेका थिए ।

खेफको छैँटौँ मिनेटमा फ्रेण्ड्सका कमलले आत्मघाती गोल गर्पछि काँकेविहारले अग्रता लिएको थियो ।

तर फ्रेण्ड्सका प्रशान्त लक्षमले पहिलो हाफको ईन्जुरी टाईममा बराबरी गोल गर्दै टिमललाई खेलमा फर्काए । दोस्रो हाफमा प्रवेश र आशिषले गोल गर्पछि फ्रेण्ड्सले सहज जित हात पारेको हो । प्रवेशले ५९औं मिनेटमा गोल गर्दै फ्रेण्ड्सलाई २-१ को अग्रता दिलाएका थिए । त्यसपछि आशिषले अन्तिम मिनेटमा गोल गर्दै जित सुनिश्चित पारेका थिए ।

जितपछि फ्रेण्ड्सले ३ अंक जोडेको छ । फ्रेण्ड्सका मौसम सुब्बा प्लेखर अफ दि म्याच घोषित भए ।

आजै श्री भगवत क्लब र चर्च ब्वाईज युनाईटेडबीच दोस्रो खेल हुनेछ ।

फ्रेण्ड्स क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय