+

बुढासुब्बा गोल्डकप फुटबल माघ २२ देखि

२०८२ माघ  २ गते १९:५० २०८२ माघ २ गते १९:५०
बुढासुब्बा गोल्डकप फुटबल माघ २२ देखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरान फुटबल क्लबले माघ २२ देखि फागुन २ गतेसम्म २६औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा १० टोली सहभागी हुनेछन् र विजेताले नगद १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
  • धरान उपमहानगरपालिकाले १५ लाख रुपैयाँ प्रायोजन गर्ने र क्लबले आर्थिक पारदर्शिता कायम राख्ने योजना बनाएको छ।

२ माघ, सुनसरी । धरान फुटबल क्लबको आयोजनामा माघ २२ देखि फागुन २ गते सम्म अन्तराष्ट्रिय आमन्त्र बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औं सस्करण हुने भएको छ ।

आयोजक क्लबका अध्यक्ष प्रताप तामाङकाले बुढासुब्बा गोल्डकपको तयारी तीव्र रूपमा भइरहेको उल्लेख गर्दै भने, ‘यसपालीको २६औं बुढासुब्बा गोल्डकपमा टिम संख्या बढाएर १० बनाइएको छ । यसअघि ८ वटा टिममात्र प्रतियोगिता सहभागी गराउदै आइएको थियो।’

विगतका अनुभवका आधारमा आगामी संस्करणमा सहभागी टिमको संख्या बढाएर १२ सम्म पुर्‍याउने लक्ष्य रहेको पनि तामाङले बताए ।

धरान रंगशालामा हुने प्रतियोगितमा यसपटक एनआरटी क्लब, लिग च्याम्पियन चर्च ब्वाईज क्लब, नेपाल पुलिस क्लब, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब कालेबुङ भारत, एलए क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाण्डौं, झापा– ११ झापा र आयोजक धरान फुटबल क्लब सहभागी हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ, उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार राशी हात पार्ने छन् । धरान उपमहानगरपालिकाले पनि प्रायोजन गर्ने भएको छ ।

प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिका, मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान होण्डाको डियो स्कुटर पुरस्कार पाउनेछ ।

गत वर्षसम्म भने उत्कृष्ट खेलाडीले एक लाख नगद पुरस्कार पाउँदै आएको थियो । सर्वाधिक गोलकर्तालाई नगद ३५ हजार प्रदान गरिने छ भने उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि धरान उपमहानगरपालिकाले १५ लाख रुपैयाँ, कोशी प्रदेश खेलकुद विकास बोर्डले १५ लाख रुपैयाँ, मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालिले १० लाख रुपैयाँ, सहप्रयोजक रेडबुलले ५ लाख रुपैयाँ, अन्य प्रायोजकहरुले ५ लाख रुपैयाँ दिने भएका छन् ।

यसैगरी विदेशी संघसंस्थाहरुको सहयोग २५ लाख रुपैयाँ, टिकट विक्रीबाट १५ लाख रुपैयाँ, स्थानीय सरकारी, गैरसरकारी संघ संस्था एवं व्यक्तिहरूबाट सहयोग १० लाख रुपैयाँ, देव मोर्टस ३ लाख ५० हजार हजार रुपैयाँ, सुनसरी टेक्निकल कलेजले २ लाख रुपैयाँ, सुनसरी उद्योग वाणिज्य संघले १ लाख, क्याटिन बिक्रीबाट ५० हजार रुपैयाँ आम्दानी हुने आधारमा प्रतियोगिताको तयारी तिव्र बनाइएको हो ।

अध्यक्ष तामाङले क्लबको आर्थिक पारदर्शितालाई प्राथमिकतामा राख्दै विगतका सबै आम्दानी तथा खर्च र कारोबार स्पष्ट पारेर क्लबलाई सही आर्थिक ट्रयाकमा लैजाने बताए । भविष्यको योजनाअन्तर्गत विभिन्न स्रोतबाट संकलन हुने रकममार्फत अक्षयकोषको औपचारिक घोषणा गरिने र त्यसपछि मात्र सहयोगी संघ संस्थासँग सहकार्यको रणनीति अघि बढाइने बताए ।

प्रतियोगिता संचालन गरेाबापत कुल अनुमानित आय १ करोड ७ लाख रुपैयाँ रहने छ । कुल व्यय ८७ लाख, १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

बुढासुब्बा गोल्डकपको २६औं संस्करणमा गेट टिकट बिक्रीको जिम्मा आयोजक क्लब आफैले नलिएर अन्य संस्थालाई दिने निर्णय भएको पनि अध्यक्ष तामाङले बताए । उनले भने, ‘यसले निःशुल्क रुपमा प्रवेश गरेर प्रतियोगिता हेर्न चाहने र पास खोज्ने प्रवृत्तिलाई केही हदसम्म भएपनि निरुत्साहित हुनेछ भन्ने हामीलाई लागेको छ।’

आयोजक क्लवले बुढासुब्बा गोल्डकपको २५औं संस्करणसम्म आइपुग्दा एक पटक पनि उपाधि जित्न नसकेको सन्दर्भमा यसपटक राम्रो टिम बनाउने तयारी भइरहेको अध्यक्ष तामाङले बताए ।

उनले भने, ‘हामी पाँचपटक फाइनल पुगेका छौं । तर राम्रो खेलेर पनि भाग्यले साथ नदिँदा उपाधिविहीन हुन पुगेका छौं’ उनले आयोजक धरानको टिममा बाहिरको खेलाडी नहोस् भन्ने माग हुने गरेको बताए ।

बुढासुब्बा गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय