+
+
Shares

रास्वपाले टुंग्यायो बाँकी उम्मेदवार, पूर्वउपसभामुख राना झापा २ मा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १०:३७

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उम्मेदवारका लागि थप क्षेत्रहरु निश्चित गरेको छ ।

हिजो राति अबेरसम्म बसेको बैठकले नुवाकोट–१ मा डा.विक्रम तिमिल्सिना र २ मा डा. अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाङ क्षेत्र नम्बर ३ मा कमल सुवेदी उम्मेदवार बनेका छन् ।

लमजुङमा धर्म केसी, झापा १ मा निशा डाँगी, झापा २ मा पूर्वउपसभामुख इन्दिरा राना मगर, झापा ३ मा प्रकाश पाठक, झापा ४ मा शम्भु सुस्केरा ढकाल र झापा ५ बालेन्द्र शाह (बालेन) उम्मेदवार छन् । नवलपुर १ मा राजन गौतमले टिकट पाएका छन् ।

जुम्लामा विनिता कठायत, कञ्चनपुर ३ मा ज्ञानेन्द्र महता, दोलखामा इञ्जिनियर जगदीश खरेल, मोरङ १ मा अधिवक्ता यज्ञमणि न्यौपाने, मोरङ ३ मा गणेश कार्कीले टिकट पाएका छन् ।

ओखलढुङ्गामा विश्वराज पोखरेल, स्याङ्जा १ मा धनन्जय रेग्मी, बाजुरामा हेमराज थापा, बागलुङ २ मा जेनजी युवा सोम शर्मा र रामेछापमा डा. कृष्णहरि बुढाथोकी उम्मेदवार छन् ।

तनहुँ क्षेत्र नम्बर २ श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठले रास्वपाको टिकट प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?