News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर सिंह स्टारर फिल्म 'धुरन्धर' ले नेपालका हलमा १० करोड ३७ लाख रुपैयाँभन्दा बढी कमाएको छ।
- हलिउड फिल्म 'अवतार : फायर एन्ड एस' ले नेपालमा ६ करोड ५० लाख रुपैयाँभन्दा बढी कमाएको छ।
- नेपालमा प्रदर्शन भएका अन्य विदेशी फिल्मको कलेक्सन निकै कमजोर रहेको छ।
काठमाडौं । ‘धुरन्धर’ पछि नेपालका हलमा प्रदर्शन भैरहेका विदेश फिल्मको कमाइ कमजोर देखिएको छ । सिनेपाः बक्सअफिसमा रणवीर सिंह स्टारर जासूसी तथा एक्सन फिल्म ‘धुरन्धर’ को कलेक्सन १० करोड नाघिसकेको छ ।
हलिउडको बहुचर्चित ‘अवतार ३’ ले औषत ब्यापार गरेपनि यो कमाइ अपेक्षित होइन । त्यसयता प्रदर्शनमा आएका अन्य विदेशी फिल्मको नेपाल कलेक्सन निकै कमजोर हो ।
३ माघ अर्थात पछिल्लो शनिबारसम्म कुन विदेशी फिल्मले नेपालमा कति कमाए ? यस्तो छ विवरण :
१) धुरन्धर
कुल ग्रस- १० करोड ३७ लाख ४६ हजार ५०५ रुपैयाँ
टिकट बिक्री- ३ लाख १५ हजार ३७१
२) अवतार : फायर एन्ड एस
कुल ग्रस- ६ करोड ५० लाख ७४ हजार ६८८ रुपैयाँ
टिकट बिक्री- १ लाख ५० हजार १००
३) द राजा साब
कुल ग्रस- १ करोड ६२ लाख ६४ हजार ५६२ रुपैयाँ
टिकट बिक्री- ५० हजार ४२४
४) द हाउसमेड
कुल ग्रस- १० लाख ५० हजार ८७३
टिकट बिक्री- २७५३
५) स्पन्जबब मूभी
कुल ग्रस- ७ लाख १२ हजार ९२८
टिकट बिक्री- १६६०
प्रतिक्रिया 4