५ माघ, काठमाडौं । जेनजी अगुवा मनिस खनाल रास्वपाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् । अधिवक्तासमेत रहेका खनाललाई रास्वपाले नवलपुर क्षेत्र-२ को टिकट दिएको हो ।
उनले जेनजी आन्दोलनलाई संस्थागत गर्न र सरकारसँगको गरिएको सम्झौताको ड्राफ्ट तयार पार्न सक्रिय रुपमा काम गरेका थिए ।
यसअघि उनले स्वतन्त्र उम्मेदवारी दिने चर्चा थियो । जेनजी आन्दोलनमा सडकमा उठेका आवाजलाई सदनमा पुर्याउन भन्दै चुनाव लड्ने तयारी गरिरहेका थिए ।
सोही अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि संवाद गरेका थिए । नवलपुर २ मा यसअघि नेपाली कांग्रेसका विष्णुकुमार कार्की निर्वाचित भएका थिए । कार्कीले ३६ हजार १३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी तिलबहादुर महत क्षेत्रीले ३४ हजार ११० मत ल्याएका थिए ।
तेस्रो स्थानमै रहेको रास्वपाका शालिकराम न्यौपानले ६ हजार ४४९ मत प्राप्त गरेका थिए । अहिले उनको ठाउँमा रास्वपाले खनाललाई टिकट दिएको हो ।
प्रतिक्रिया 4