+
+
Shares

बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु : अमरेशकुमार सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन्।
  • सिंहले भने, 'बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु' र आत्मदाहको चेतावनी दिएका छन्।
  • उनी बालेनलाई देशको महानायक भन्दै मधेशलाई प्रधानमन्त्री दिन भोट मागेका छन्।

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् ।

बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने उनको भनाइ छ ।

‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्‍याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

बालेनलाई देशको महानायक भन्दै उनले आफ्नो गम्झा देखाउँदै भोट मागे ।

‘म हात जोडेर भन्छु, मसँग केही छैन । केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ,’ आक्रामक भाषण गरेका सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?