News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका 'ए' सँगको पहिलो अभ्यास टी-२० खेलमा ६ विकेटले हार बेहोरेको छ।
- नेपालले दिएको १८६ रनको लक्ष्य श्रीलंका 'ए' ले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
- नेपालको टोलीले दोस्रो र तेस्रो अभ्यास खेलपछि भारतमा एमसीए प्रेसिडेन्ट ११ सँग तीन अभ्यास खेल खेल्ने तयारी गरेको छ।
६ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको पहिलो अभ्यास टी-२० खेलमा हार बेहोरेको छ ।
नेपाललाई श्रीलंका ए ले ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८६ रनको लक्ष्य श्रीलंका ए ले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
श्रीलंका ए का लागि लाहिरु उडाराले सर्वाधिक ७३ रन बनाए । नुवानिदु फर्नान्डोले ३८ तथा सहान अराकिगेले अविजित ३३ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । ओपनर आसिफ शेखले ४२ बलमा ६१ रन बनाए । आरिफ शेखले २७ बलमा ४२ रन बनाए । कप्तान रोहित पौडेलले ३१ रन बनाए ।
अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली र श्रीलंका ‘ए’ बीचको दोस्रो खेल बिहीबार अनि तेस्रो खेल शनिबार हुनेछ ।
त्यसपछि टोली भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया 4