+

महिला टी-२०आईमा रुबिनाको १००० रन पूरा

२०८२ माघ  ८ गते १४:१९ २०८२ माघ ८ गते १४:१९
महिला टी-२०आईमा रुबिनाको १००० रन पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन्।
  • रुबिनाले नेदरल्यान्ड्ससँगको खेलमा अविजित ३७ रन बनाएपछि १००० रनको उपलब्धि हासिल गरेकी हुन्।
  • उनी ८१ खेलमा १००५ रन बनाएकी छन् र दोस्रो नेपाली खेलाडी हुन् जसले यो उपलब्धि हासिल गरेकी छन्।

८ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् ।

बिहीबार नेदरल्यान्ड्ससँग भएको खेलमा अविजित ३७ रन बनाएपछि रुबिनाको १००० रन पूरा भएको हो ।

उनी १००० रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि इन्दु बर्माले १००० रन पूरा गरेकी थिइन् । रुबिनाको ८१ खेलमा १००५ रन भएको छ ।

खेलमा नेपाल भने २ रनले पराजित भयो । खेलपछि कुरा गर्दै रुबिनाले जित निकाल्न नपाएकाले १००० रनको कोशेढुंगा पार गर्दा पनि खुसी नलागेको प्रतिक्रिया दिइन् ।

नेपाली महिला खेलाडीहरूमा इन्दु बर्माको सर्वाधिक १०५३ रन छ । रुबिनापछि सीता रानामगरको ६५ खेलमा ९९२ रन छ ।

२० को औसतमा रन बनाएकी रुबिनाले हालसम्म एक शतक र एक अर्धशतक प्रहार गरेकी छन् । उनको उच्च स्कोर ११८* को छ ।

नेपाली महिला क्रिकेट टोली रुबिना क्षेत्री

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय