News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘कुमारी’ अमेरिका, अस्ट्रेलिया, क्यानडा र मध्यपूर्वका मुलुकमा विभिन्न मितिमा प्रदर्शन हुने निर्माता महेन्द्र अधिकारीले बताए।
- अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोलोराडो, अस्ट्रेलियामा असकास्ट नेपाल र थ्रीकेजी इभेन्ट्सले फिल्म वितरण अधिकार किनेका छन्।
- फिल्म नेपालमा २३ माघदेखि प्रदर्शन तयारीमा छ र यसका गीत ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ चर्चित छन्।
काठमाडौं । फिल्म ‘कुमारी’ अमेरिका, अस्ट्रेलिया, क्यानडा र मध्यपूर्वका मुलुकमा प्रदर्शनमा आउने भएको छ । ती मुलुकमा विभिन्न मितिमा फिल्म रिलिज हुने जानकारी निर्माता महेन्द्र अधिकारीले दिए ।
उनका अनुसार अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोलोराडो, अस्ट्रेलियामा असकास्ट नेपाल र थ्रीकेजी इभेन्ट्स, क्यानडामा मेरो इभेन्ट्स र मध्यपूर्वमा रमेश ढकालको नेपफिल्म्सले फिल्मको वितरण अधिकार किनेका छन् ।
ट्रेलरले पाएको प्रतिक्रियापछि अन्य मुलुकबाट समेत प्रदर्शनको माग आइरहेको निर्माता अधिकारी बताउँछन् । दिनेश राउत निर्देशित यो फिल्म नयाँपुस्ताको प्रेमकथामा आधारित छ ।
फिल्ममा आकृति राजभण्डारी, अभिषेक खड्का, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शमाको अभिनय छ ।
चलचित्रका गीत ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले यसअघि नै चर्चा बटुलिसकेका छन् ।‘डोको बुन्ने’ गीतले ६० लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ ।
यो फिल्म नेपालमा २३ माघदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4