News Summary
Generated by OK AI. Editorially reviewed.- मछिन्द्र एफसीले चित्लाङ एफसीलाई ३-१ ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा लगातार चौथो जित हात पारेको छ।
- मछिन्द्रका प्रदिप बुढाथोकी, जोनाथान जोरिल्ला र अलिजोन अलिजोनोभले गोल गरे भने चित्लाङका विज्ञान खड्काले एक गोल फर्काए।
- मछिन्द्रले १२ अंक जोड्दै शीर्षस्थानको एपीएफसँग अंक बराबरी गरेको छ र एपीएफले जावलाखेल युथ क्लबलाई हराएको थियो।
१४ माघ, काठमाडौं । मछिन्द्र एफसीले चित्लाङ एफसीलाई ३-१ ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा लगातार चौथो जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका लागि प्रदिप बुढाथोकी, जोनाथान जोरिल्ला र अलिजोन अलिजोनोभले एक-एक गोल गरे । चित्लाङका विज्ञान खड्काले एक गोल फर्काए ।
जारी राष्ट्रिय लिगमा विभागीय टोली एपीएफ र मछिन्द्रले मात्र अहिलेसम्म खेलेका चारै खेल जित्दै शतप्रतिशत नतिजा निकालेका छन् ।
मछिन्द्रले चार जितपछि १२ अंक जोड्दै शीर्षस्थानको एपीएफसँग अंक बराबरी गरेको छ । एपीएफले बुधबारै भएको खेलमा जावलाखेल युथ क्लब विरुद्ध पुनरागमन जित निकालेको थियो ।
प्रदिपले ३७औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । त्यसपछि दुई विदेशी खेलाडी जोनाथानले ६५औं र अलिजोनले ६९औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए । चित्लाङका लागि विज्ञानले ७०औं मिनेटमा सान्त्वना गोल फर्काए ।
चित्लाङको भने यो तेस्रो हार हो र चार खेलबाट जम्मा ३ अंकसहित १३औं स्थानमा छ ।
प्रतिक्रिया 4